काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पूर्वसचिव दीप बस्न्यातलाई थुनामा राख्नुको कारण माग गरेको छ ।
बस्न्यातले दिएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै न्यायाधीश मीरा खड्काको एकल इजलासले ३ दिनभित्र लिखित जवाफ दिन विशेष अदालतलाई आदेश दिएको हो ।
सर्वोच्चले बन्दी प्रत्यक्षीकरणको आदेश किन जारी हुनु नपर्ने हो आदेश जारी हुन नपर्ने मनासिब आधार, कारण र प्रमाण भए खुलाई बाटोको म्यादबाहेक ३ दिनभित्र पेश गर्न भनी आदेश दिएको हो ।
ललिता निवासको जग्गा व्यक्तिको नाममा नामसारी गर्नमा संलग्नता रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतले बस्न्यातलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
तर बस्न्यातले उक्त घटनामा आफ्नो संलग्नता नरहेको र हाल आफू कोरोना संक्रमित भएको र मुटुको रोगी पनि रहेको भन्दै रिहाइको माग गर्दै बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ बैशाख २०७८, १५ : ४२
लेखकबाट थप