जसपाका चार सांसदको रिट सर्वोच्चबाट फिर्ता, लकडाउन खुलेपछि मात्र दर्ता हुने

सफल खबर संवाददाता

आइतबार, १९ बैशाख २०७८, १४ : २५
जसपाका चार सांसदको रिट सर्वोच्चबाट फिर्ता, लकडाउन खुलेपछि मात्र दर्ता हुने

काठमाडौं । आफूलाई कारवाही गर्ने पार्टीको निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेका जनता समाजवादी पार्टी जसपाका चार सांसदको रिट फिर्ता भएको छ ।

सर्वोच्च प्रशासनले हाल कोभिड नियन्त्रयणका लागि निषेधाज्ञा रहेकाले त्यावश्यक निवेदन मात्र दर्ता भन्दै निषेधाज्ञा हटेपछि मात्रै आउन भनेको हो । उनीहरू रिट लिएर सर्वोच्च पुगेका थिए ।

निलम्वित सांसदहरू सन्तोष कुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेय आइतबार रिट लिएर सर्वोच्च पुगेका थिए ।

अदालतले आवश्यक अध्ययन गर्ने भन्दै शुक्रबार दर्ता गर्न मानेको थिएन ।सर्वोच्चको पूर्ण बैठकले वैशाख ३१ गतेसम्म अत्यावश्यक विषयबाहेकका रिट निवेदन नलिने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस