प्रधानमन्त्री ओलीले क्युआर कोडमार्फत् खोले बैंक खाता

सफल खबर संवाददाता

आइतबार, १९ बैशाख २०७८, १३ : १९
प्रधानमन्त्री ओलीले क्युआर कोडमार्फत् खोले बैंक खाता

file-photo

काठमाडौं । थप सरकारी सेवा सुविधासहित नागरिक एप आजबाट औपचारिक शुभारम्भ गरिएको छ । राष्ट्रिय सूचना प्रविधि दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले क्युआर कोड मार्फत् बैंक खाता खोल्दै नागरिक एपको उदघाटन गरेका हुन् ।

प्रधानमन्त्री ओलीले नेपाल बैंक लिमिटेड र सिद्धार्थ बैंकमा खाता खोलेको जानकारी दिए । उनले भने, ‘अहिले भर्खरै खाता खोलेको र अहिले भर्खरै खाता नम्बर प्राप्त भइसकेको छ ।’

राष्ट्रिय सूचना प्रविधि दिवसको अवसरमा सञ्चार मन्त्रालयले आयोजना गरेको कार्यक्रमलाई भर्चुअल रुपमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नागरिक एपबाट बैंक खाता खोल्न सकिने, सवारी कर तिर्ने र पुलिस रिपोर्ट प्राप्त गर्न सकिने बताए ।

प्रतिक्रिया दिनुहोस