काठमाडौं । प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार संघीय मन्त्री परिषद्को बैठकमा सरकारको सबै अङ्ग एकजुट र द्रूत रूपमा काम गरिरहेको बताउनुभएको छ ।
कोभिड–१९ को दोस्रो लहरले पैदा गरेको अवस्थालाई सामना गर्न जनताको बीचमा पुगेर काम गर्न उहाँले बैठकमा उच्चपदस्थ कर्मचारी तथा मन्त्रीहरूलाई निर्देशन दिनुभएको छ ।
उहाँले मन्त्रीहरुलाई आ–आफ्नो क्षेत्रका मानिसहरुसंग सम्पर्कमा रहन, मद्दत गर्न र उनीहरूको सुझाव लिन पनि आग्रह गर्नुभएको उहाँको कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री मोदीले स्थानीय स्तरमा समस्याहरु तुरुन्त पहिचान गरी सम्बोधन गर्न सुनिश्चित हुनुपर्नेमा जोड दिनुभएको बताइएको छ । भिडियो सम्मेलनको माध्यमबाट बसेको बैठकमा केन्द्रीय मन्त्रीहरू, प्रधानमन्त्रीका मुख्य सचिव र क्याबिनेट सचिव पनि उपस्थित थिए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, १७ बैशाख २०७८, २१ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रचण्डकी नातिनी स्मिताको विवाहमा मोदीको शुभकामना सन्देश
अमेरिकामा प्यालेस्टिनी राष्ट्रपति र मोदीबिच भेटवार्ता
ओली र मोदीबीच आज साँझ ‘साइडलाइन’ वार्ता
नवनियुक्त प्रधानमन्त्री ओलीलाई मोदीले दिए बधाइ
तेस्रोपटक प्रधानमन्त्री बनेपछि पहिलोपटक वाराणसी जाँदै मोदी
मोदीको शपथमा विपक्षी गठबन्धनका नेता नआउने