सीसीएमसी बैठक : नेपाल र भारतबीचका २२ नाका बन्द गरिने, निर्माण कार्य गर्न नपाइने

सफल खबर संवाददाता

शुक्रबार, १७ बैशाख २०७८, १९ : ५२
सीसीएमसी बैठक : नेपाल र भारतबीचका २२ नाका बन्द गरिने, निर्माण कार्य गर्न नपाइने

काठमाडौं । नेपाल र भारतबीचका २२ वटा नाका बन्द हुने भएका छन् । सीसीएमसीको शुक्रवारको बैठकले निषेधाज्ञा लागू भएका जिल्लामा थप कडाइ गर्ने निर्णय गरेको छ ।

बैठकले निषेधाज्ञालाई कडाइका साथ लागू गर्ने र सरकारी कार्यालय पनि एक चौथाइ कर्मचारी उपस्थित हुने गरी मात्र सञ्चालनमा ल्याउने निर्णय गरेको छ । बैठकले संघीय मन्त्रीहरुलाई प्रदेशसँग समन्वय गर्न सिफारिस गरेको छ ।

बैठकले सार्वजनिक निर्माणका सम्पूर्ण काम बन्द गर्ने निर्णय गरेको छ । उद्योगधन्दा सञ्चालन गर्ने भए मजदुर कर्मचारीलाई उद्योग परिसरभित्र नै रहने गरी सञ्चालन गर्न निर्देशन पनि दिएको छ ।

प्रतिक्रिया दिनुहोस