मकवानपुरमा थप ६१ जनामा कोरोना संक्रमण पुष्टि

सफल खबर संवाददाता

शुक्रबार, १७ बैशाख २०७८, १५ : ५४
मकवानपुरमा थप ६१ जनामा कोरोना संक्रमण पुष्टि

मकवानपुर । मकवानपुरमा शुक्रबार ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९२ जनाको स्वाबको नमुना परीक्षण गर्दा ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत चौलागाईंका अनुसार मकवानपुरको हेटौडा उपमहानगरपालिकाका ५९, बागमती गाउँपालिकाका १ र काठमाडौंका १ जना गरी ६१ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेमा २९ जना महिला र ३२ जना पुरुष रहेका छन् । संक्रमण पुष्टि हुनेमा सबैभन्दा बढी हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४का रहेका छन् । वडा नम्बर–४ का १५ जनामा संक्रमण पुष्टि भएको चौलागाईंले बताए ।

त्यस्तै हेटौंडा–१, २ र ५ का ६÷६ जना, हेटौंडा–३ का २ जना, हेटौंडा–८ का ८ जना, हेटौंडा–१० का ४ जना, हेटौंडा–११ का ५ जना, हेटौंडा–६, १६ र १७ का १र१ जना, हेटौंडाको वडा खुल्न नसकेका ४ जना र बागमती गाउँपालिका वडा नम्बर ९ का १ जना मा संक्रमण पुष्टि भएको छ । यससँगै मकवानपुरमा सक्रिय संक्रमितको संख्या ३ सय ८६ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस