काठमाडौं । काठमाडौँ उपत्यका छोडेर गृह जिल्ला फर्किनेको चाप बुधबार पनि त्यतिकै रह्यो। मङ्गलबारको तुलनामा बुधबार बिहानदेखि नै गोँगबु नयाँ बसपार्कमा यात्रुको बाक्लो भीड देखिन्थ्यो।
यात्रुको चापसँगै सार्वजनिक यातायातका पर्याप्त सवारीसाधन नहँुदा सर्वसाधारणले निकै सास्ती भोग्नु परेको थियो। यातायात व्यवसायीले एक्कासि यात्रुको चाप बढेकाले सवारीसाधन व्यवस्था गर्न नसकिएको स्वीकारेका छन् । दशैँ र तिहारमा १०÷१५ दिनअघि नै अग्रिम ‘टिकट बुकिङ’ खुल्ने भएकाले जिल्ला फर्किने यात्रुको विस्तृत सङ्ख्या मूल्याङ्कन गरी सवारीसाधनको व्यवस्था हुने गरेको बताइन्छ ।
कोरोना सम्झाउने भीड देखेर सुरक्षाकर्मी र यातायात व्यवसायीलाई नजिक जान समस्या देखिन्थ्यो तर मङ्गलबार बिहानदेखि लागेको यात्रुको चाप रातभर सवारीको जोरजाम गर्दा पनि नघटेको व्यवसायी बताउँछन् । उपत्यकामा चल्ने बससमेत बुकिङ गरी जिल्ला पठाइएको छ ।
वैशाख १६ गते बिहीबारबाट उपत्यकाको तीन जिल्लामा निषेधाज्ञा जारी भएको छ । महानगरीय ट्राफिक प्रहरी प्रवक्ता श्याम अधिकारीले दुई दिनमा झन्डै १० लाखको सङ्ख्यामा यात्रु फर्किएको अनुमान गरिएको छ । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, १६ बैशाख २०७८, ०७ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माइतीघरको निषेधाज्ञा हट्याे
सुनसरीको दुई स्थानमा निषेधाज्ञा
रौतहटको झडपपछि वीरगन्जमा जारी निषेधाज्ञा खुकुलो बनाइँदै