नेपालमा पछिल्लो २४ घण्टामा थपिए ४ हजार ८ सय ९७ कोरोना संक्रमित

सफल खबर संवाददाता

बुधबार, १५ बैशाख २०७८, १६ : ३८
नेपालमा पछिल्लो २४ घण्टामा थपिए ४ हजार ८ सय ९७ कोरोना संक्रमित

काठमाडौं । बुधबार नेपालमा ४ हजार ८ सय ९७ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र २ हजार ४७ जना संक्रमित थपिएका छन् ।

सक्रिय संक्रमित संख्या ३० हजार २ सय ९ पुगेको छ । पछिल्लो घण्टामा ४ हजार ७ सय ७४ पीसआर र १२३ एन्टीजेन परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । 

प्रतिक्रिया दिनुहोस