काँग्रेसको केन्द्रीय समिति बैठक बस्दै, क्रियाशील सदस्यता तथा समसामयिक विषयमा छलफल

सफल खबर संवाददाता

बुधबार, १५ बैशाख २०७८, ०९ : ३२
काँग्रेसको केन्द्रीय समिति बैठक बस्दै, क्रियाशील सदस्यता तथा समसामयिक विषयमा छलफल

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक आज बस्ने भएको छ । पीसीआर परीक्षण गराएका कांग्रेस नेताहरुमा रिपोर्ट नेगेटिभ आएपछि आज केन्द्रीय समिति बैठक दिउसो २ बजे बस्ने भएको छ । 

आजको बैठकमा १४ औं महाधिवेशन, पार्टी समायोजन, क्रियाशील सदस्यता तथा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने पौडेलले बताए ।  कांग्रेसले चैत २० गते वैकल्पिक सत्ता गठबन्धनका लागि अग्रसरता लिने निर्णय गरेको थियो ।  

चैत २७ गते कांग्रेस सभापति शेरबहादुर देउवाले तीनदलीय बैठक राखे पनि त्यसयता उनले खासै प्रयास गरेका छैनन् । पार्टी सभापतिले आवश्यक पहल गर्न नसकेको भन्दै कांग्रेस नेताहरुले नै आलोचना गर्दै आएका छन् ।  

प्रतिक्रिया दिनुहोस