शेयर बजारमा उत्साह फर्कियो , ११ कम्पनीको ‘सर्किट’ लेभलमा कारोबार

सफल खबर संवाददाता

मंगलबार, १४ बैशाख २०७८, १५ : ४७
शेयर बजारमा उत्साह फर्कियो , ११ कम्पनीको ‘सर्किट’ लेभलमा कारोबार

काठमाडौं । दुई दिन लगातार उच्च अंकले घटेको सेयर बजारमा मंगलबार भने उत्साह देखिएको छ । आईतबार र सोमबार गरी १४१ अंक भन्दा धेरैले घटेको सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार एकैदिन ९२ अंक भन्दा धेरैले सुधार भएको छ ।

नेप्से परिसूचक ९२ दशमलव ४६ अंकले बढेर २ हजार ५ सय ९९ दशमलव ०७ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १४ शदमलव ४८ अंकले बढेको छ । समूहगत सवइन्डेक्सहरु पनि सबै बढेका छन् ।

परिसूचकमा उत्साह देखिए पनि कारोबार रकम भने आइतबार र सोमबारको तुलनामा कम भयो । आज ५ अर्ब १० करोड ९० लाख ९६ हजार ९ सय ५७ रुपैयाँको सेयर कारोबार भएको छ । यस अघि आइतबार ७ अर्ब भन्दा माथिको कारोबार भएको थियो भने सोमबार पनि ६ अर्ब ५९ करोड रुपैयाँ भन्दा माथिको सेयर कारोबार भएको थियो ।

माथिल्लो तामाकोशीको सेयर मूल्यमा सर्किट ब्रेक नै लागेको छ । यस कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर ८४७ रुपैयाँमा पुगेको छ । माथिल्लो तामाकोशी, विशाल बजार कम्पनी, महिला लघुवित्त वित्तीय संस्था तथा युनाइटेड इन्स्यारेन्ससहितका ११ कम्पनीको सेयर मूल्य सर्किट लेभलमा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस