देशभर ३ हजार ५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाको मृत्यु

सफल खबर संवाददाता

सोमबार, १३ बैशाख २०७८, १७ : १६
देशभर ३ हजार ५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३५ सय ५६ संक्रमित फेला परेका छन् । १२ हजार ४०० जनाको पीसीआर परीक्षण र ८९३ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ३ हजार ४ सय ४२ जना र १ सय १४ जनामा संक्रमण पुष्टि भएको हो । 

यस्ते ३ सय ७८ जना निको भएका छन् । २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ । सक्रिय संक्रमित संख्या २२ हजार ४ सय ३४ पुगेको छ ।

कूल संक्रमित संख्या ३ लाख ३ हजार ५ सय ६१ पुगेको छ । मृतक संख्या ३ हजार १ सय ७६ पुगेको छ ।