नेप्सेमा कोरोना प्रभाव : तीब्र उचारचढाबका बीच ६५ अंकले घट्यो बजार

सफल खबर संवाददाता

सोमबार, १३ बैशाख २०७८, १५ : ३९
नेप्सेमा कोरोना प्रभाव : तीब्र उचारचढाबका बीच ६५ अंकले घट्यो बजार

काठमाडौं । सोमबार नेप्सेले तीब्र उतारचढाव सामना गर्‍यो । आइतबार ७५ अंकले घटेको बजार सोमबार पनि क्षणमा घट्ने बढ्ने भइरह्यो ।आजको बजार ६५.५८ अंकले घट्दै बन्द भएको छ । आज २.५५ प्रतिशत घट्दै नेप्से २५०६.६२ विन्दुमा रोकिएको छ ।

आज १ करोड २९ लाख ११ हजार ७२१ कित्ताको कारोबारमा ६ अर्ब ५९ करोड ९ लाख २८ हजार २०२ रूपैयाँ बराबरको कारोबार भएको छ । घटेको बजारमा विशाल बजार र महिला लघुवित्तको शेयर मूल्य करीब १० प्रतिशतले बढेको छ । आज माथिल्लो तामाकोशीको शेयर सबैभन्दा धेरै ३१ करोड रूपैयाँ बराबरको कारोबार भयो ।

यसैगरी, नेपाल इन्फ्रास्ट्रकचर बैंकको २५ करोड र पुनर्बीमा कम्पनीको २० करोड बराबरको सेयर कारोबार भएको छ । आज सबै समूहको उपसूचक रातो भएको छ ।सबैभन्दा धेरै हाइड्रो पावरको समूह ४.०४ प्रतिशतले घटेको छ । यसैगरी व्यापार समूह ३.५८ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस