सेयर बजार निषेधाज्ञा भएपनि बन्द नहुने

सफल खबर संवाददाता

सोमबार, १३ बैशाख २०७८, १५ : ३३
सेयर बजार निषेधाज्ञा भएपनि बन्द नहुने

काठमाडौं । यस पटक निषेधाज्ञा भएपनि सेयर बजार बन्द नगर्ने पक्षमा नेपाल धितोपत्र बोर्ड देखिएको छ ।बोर्डका अध्यक्ष भीष्म ढुंगानाका अनुसार निषेधाज्ञामा सेयर बजार बन्द हुनेछैन ।

यसअघि २०७६ साल चैत ११ गतेदेखि गरिएको देशव्यापी लकडाउन घोषणा गर्दा सेयर बजार पनि बन्द भएको थियो । लकडाउन घोषणा भएको दिनदेखि नै बन्द भएको सेयर बजार २०७७ सालको असार १५ गतेदेखि मात्रै खुलेको थियो ।

ढुंगाना भन्छन, ‘पहिला ब्रोकर, सिडिएससी र नेप्सेमा  जानुपर्थ्यो ।आफै नगइ केही काम हुँदैनथ्यो । तर अहिले काहिँपनि जानु पर्दैन । प्रविधिको विकास सँगै अनलाइन कारोबार गर्न सकिने भएको छ ।’ अनलाइन मार्फत घरबाटै सेयर कारोबार गरिने भएकाले बजार बन्द नहुने ढुंगानाले स्पष्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस