गण्डकीमा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव पेश

सफल खबर संवाददाता

सोमबार, १३ बैशाख २०७८, १५ : ०८
गण्डकीमा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव पेश

कास्की । गण्डकी प्रदेशसभाको विशेष अधिवेशन सुरु भएको छ  । आजबाट सुरु भएको विशेष अधिवेशनमा गण्डकी प्रदेश सभामा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको छ । प्रस्तावित मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले सदनमा अविश्वासको प्रस्ताव पेश गरेका हुन् ।

प्रस्ताव पेश गर्दै नेता कृष्णचन्द्र नेपालीले संघीय र प्रदेश सरकार असंवैधानिक र अलोकतान्त्रिक बाटोमा हिँडिरहेकाले अविश्वासको प्रस्ताव ल्याइएको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने असंवैधानिक कदमलाई मुख्यमन्त्रीले पनि समर्थन गरेकाले सरकारका विरुद्ध अविश्वासको प्रस्ताव ल्याउनु परेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस