संसदीय दलको वैठकमा फ्लोर क्रस गरेर मत सच्याएकी सांसद वली पनि सहभागी

सफल खबर संवाददाता

सोमबार, १३ बैशाख २०७८, १४ : ३३
संसदीय दलको वैठकमा फ्लोर क्रस गरेर मत सच्याएकी सांसद वली पनि सहभागी

file-photo

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशसभा संसदीय दलको वैठकमा सांसद देवी वली पनि सहभागी छन् ।मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकार जोगाउन फ्लोर क्रस गरेर पछि मत सच्याएकी वलीलाई नेकपा एमालेले दुई पटक स्पष्टीकरण सोधिसकेको छ ।

नेकपा एमाले संसदीय दलको कार्यालयमा दलका नेता यामलाल कंडेलको अध्यक्षतामा बैठक जारी छ । सदनमा आगामी रणनीतिबारे छलफल भइरहेको प्रमुख सचेतक गुलावजंग शाहले बताए ।

आजै प्रदेशसभाको बैठकमा एमालेका फ्लोर क्रस गरेका चार सांसद निष्कासित भएको एमालेको पत्र सभामुख राजबहादुर शाहीले जानकारी गराउने भएका छन् ।२० सदस्य रहेको कर्णाली प्रदेशसभामा अब सभामुखबाहेक १५ जनामात्रै रहने भएका छन् ।

प्रतिक्रिया दिनुहोस