कोरोनाले यो साता भारतमा २० सहित २३ जना नेपालीको निधन

सफल खबर संवाददाता

आइतबार, १२ बैशाख २०७८, १६ : ०७
कोरोनाले यो साता भारतमा २० सहित २३ जना नेपालीको निधन

लण्डन । कोरोना संक्रमणले भारतमा २० सहित विदेशस्थित २३ जनाको नेपालीको निधन भएको छ । 

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाका अनुसार भारत लगायतका विभिन्न मुलुकमा बढ्दै गएको कोरोना भाइरस महामारीको प्रकोपका कारण मृत्युदर बढेको हो ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता भारतमा २० जना, कुवेतमा २ जना र कतारमा १ जना नेपालीको कोरोनाका कारण निधन भएको हो । 

भारतको नयाँ दिल्लीमा कार्यरत स्वास्थ्य समितिका सदस्य समेत रहेका अल इन्डिया इन्टिच्यूट अफ मेडिकल साइन्समा कार्यरत डा. सागर पौडेलका अनुसार भारतको नयाँ दिल्लीमा १० जना र भारतका अन्य क्षेत्रमा थप १० गरी कूल २० जना नेपालीको निधन भएको हो। निधन हुनेमा अधिकांश ५० वर्ष भन्दा मुनिका रहेका छन्।
 

प्रतिक्रिया दिनुहोस