कोरोनाविरुद्धमा सचेतनाको अभियान चलाउन पार्टी कमिटीलाई एमालेको निर्देशन

सफल खबर संवाददाता

आइतबार, १२ बैशाख २०७८, १३ : ०२
कोरोनाविरुद्धमा सचेतनाको अभियान चलाउन पार्टी कमिटीलाई एमालेको निर्देशन

काठमाडौं । नेकपा एमालेले कोरोना महामारीविरुद्धमा सचेतनाका अभियान चलाउन मातहतका कमिटीलाई निर्देशन दिएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको महाधिवेशन आयोजक समितिको बैठकले स्थानीय तह र जिल्लास्थित समितिसँग समन्वय गरेर पार्टी पंक्तिलाई परिचालित हुन एमालेले निर्देशन दिएको हो ।

बैठकपछि एमाले नेता एवम् परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले क्वारेन्टिन बनाउने, जिल्ला–जिल्लामा हेल्थ डेस्क राख्ने निर्देशन दिएको जानकारी दिए ।पत्रकारहरुको जिज्ञासामा उनले देशभर एकसाथ लकडाउन गर्ने सोच सरकारको नभएको बताए ।

प्रतिक्रिया दिनुहोस