बञ्‍चरो प्रहार गरी बाबुको हत्‍या

सफल खबर संवाददाता

आइतबार, १२ बैशाख २०७८, १२ : ५३
बञ्‍चरो प्रहार गरी बाबुको हत्‍या

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकामा बञ्‍चरो प्रहार गरी बाबुको हत्या गरिएको छ ।कैलाश-३ कटुञ्जेमा छोराले बञ्‍चरो प्रहार गर्दा स्थानीय ५० वर्षीय बलराम सापकोटाको घटनास्थलमै मृत्यु भएको हो ।

सापकोटालाई ३० वर्षीय छोरा अन्जन सापकोटाले टाउकोमा बञ्‍चरो प्रहार गरेको प्रहरीले जनाएको छ ।उनलाई प्रहरीले बञ्‍चरोसहित नियन्त्रणमा लिएको छ भने थप अनुसन्धान कार्य सुरू गरेको छ ।

प्रतिक्रिया दिनुहोस