भत्किएको पुल बनाउँदाबनाउँदै एक मजदुरको मृत्यु, दुई बेपत्ता, गोताखोर परिचालन

सफल खबर संवाददाता

आइतबार, १२ बैशाख २०७८, ११ : २५
भत्किएको पुल बनाउँदाबनाउँदै एक मजदुरको मृत्यु, दुई बेपत्ता, गोताखोर परिचालन

चितवन । चितवनको देवघाट–ठिमुरा जोड्ने भत्किएको पुल बनाउने क्रममा एक मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत घर भएका ४३ वर्षीय विजय यादव छन्।

भत्किएको पुल जोड्ने क्रममा थप पुल भत्किएर त्रिुशुली नदीमा खँस्दा फलामले च्यापिएर यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । पुल भत्केर खसेका दुई मजदुर अझै बेपत्ता भएका छन् । ७  जना मजदुर घाइते भएका छन्। बेपत्ताको खोजी गर्न खोताखोर परिचालन गरिएको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका पुल जोड्नेक्रममा फलामसहित केही मजदुर त्रिशूलीमा खसेको जानकारी दिए । उद्धार गरिएका मजदुरको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।


 

प्रतिक्रिया दिनुहोस