बाँकेमा कोरोना संक्रमितले गरे आत्महत्या

सफल खबर संवाददाता

आइतबार, १२ बैशाख २०७८, ०८ : ५०
बाँकेमा कोरोना संक्रमितले गरे आत्महत्या

नेपालगञ्ज ।  कोरोना संक्रमित भएर होम आइसोलेसनमा बसिरहेका एक वृद्धले आत्महत्या गरेका छन् । कोहलपुर नगरपालिका वडा नम्बर ९ का ६० वर्षीय बमबहादुर खत्रीले घरमै झुण्डिएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय, कोहलपुरले जानकारी दिएको छ।

खत्रीलाई वैशाख ३ गते कोरोना देखिएको थियो। उनको अवस्था सामान्य थियो। घरका मान्छेले झुण्डिएको देख्ने बित्तिकै डोरी काटेका थिए। त्यतिबेलासम्ममा खत्रीको मृत्यु भइसकेको थियो।


 

प्रतिक्रिया दिनुहोस