ओलीले बोलाए एमाले महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठक

सफल खबर संवाददाता

आइतबार, १२ बैशाख २०७८, ०८ : २६
ओलीले बोलाए एमाले महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठक

काठमाडौँ । नेकपा एमाले पार्टीको महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठक आज अहिले बिहान १० बजे बस्दैछ ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महाधिवेशन आयोजक कमिटीको बैठक तत्काल बोलाउन भनेका हुन् । बैठकका एजेन्डा खुलाइएको छैन।

एमाले कार्यालय सचिव शेरबहादुर तामाङले महाधिवेशन आयोजक कमिटी बैठक केहीबेरमा बस्ने बताए । उनले बैठकको एजेण्डाका विषयमा केही खुलाएनन् । 

यसअघि ओलीले माधवकुमार नेपाल र झलनाथ खनाल पक्षविनै १९ सदस्यीय स्थायी कमिटीसमेत गठन गरेका थिए।
ओलीले माधव नेपाल पक्षका २७ सांसदलाई स्पष्टीकरण पनि सोधेका थिए। स्थायी कमिटी र स्पष्टीकरणको विषयमा छलफल हुने एमाले एक नेताले बताए ।