कोरोना अपडेट : थपिए २ हजार ४ सय ८६ जना संक्रमित, १४ जनाको मृत्यु

सफल खबर संवाददाता

शनिबार, ११ बैशाख २०७८, १७ : ०१
कोरोना अपडेट : थपिए २ हजार ४ सय ८६ जना संक्रमित, १४ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४ सय ८६ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ९७ हजार ८७ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार शनीबार ३ सय ६८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७७ हजार १ सय २३ पुगेको छ । हाल देशभर १६ हजार ८ सय २८ सक्रिय संक्रमित रहेका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १ सय ३६ पुगेको छ।