वाग्मती । वाग्मती प्रदेशको राजधानी हेटौँडामा आइतबारबाट निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागू हुने भएको छ । हेटौँडा उपमहानगरपालिकाभित्र चल्ने निजी तथा सार्वजनिक सवारी सबैमा जोर बिजोर प्रणाली लागू हुनेछ ।
हेटौँडामा सञ्चालन हुने कार, मोटरसाइकल, टेम्पो, म्याजिक, अटो, मयुरीलगायत सबै निजी सवारीमा जोर बिजोर प्रणाली लागू हुने मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिएका छन् । जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोना सङ्क्रमणको रोकथाम तथा नियन्त्रणको न्यूनीकरणका लागि आइतबारबाट हेटौँडामा निजी तथा सार्वजनिक सवारीमा जोर बिजोर प्रणाली लागू गर्ने तयारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले बताए ।
जिल्लाको हेटौँडामा कोरोना सङ्क्रमण तीव्ररुपमा बढेसँगै सङ्क्रमण बढ्न नदिन उक्त निर्णय लिइएको हो । उनका अनुसार आइतबारदेखि मकवानपुरभरको पर्यटकीय क्षेत्र पार्क तथा वनभोजस्थलसमेत बन्द गर्ने निर्णय गरिएको छ ।
यस्तै सार्वजनिकस्थलमा मास्क नलगाउनेलाई सङ्क्रामक रोग ऐन, २०२० बमोजिम कारवाही गरिने भएको छ । कोभिड–१९ सम्बन्धी जनस्वास्थ्यको मापदण्ड पालना भए नभएको अनुगमन गर्न सहायक प्रमुख जिल्ला अधिकारी शर्माको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ११ बैशाख २०७८, ०८ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोशीमा सवारी दुर्घटना : पाँच महिनामा १९१ को मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु
रात्रिकालीन सवारी नचलाउने निर्णय
तेब्बर बढ्यो विद्युतीय सवारी आयात