रात्रिकालीन सवारी नचलाउने निर्णय

सफल खबर संवाददाता

आइतबार, ३० असार २०८१, ०८ : ३८
रात्रिकालीन सवारी नचलाउने निर्णय

काठमाडौ ।  गृह मन्त्रालयले जल तथा मौसम विज्ञान विभागबाट उच्च जोखिमको सूचना (रेड  एड्भाइजरी) जारी भएका जिल्ला र क्षेत्रमा रात्रिकालीन सवारी नचलाउने निर्णय गरेको छ ।

यो निर्णयसँगै बाढीपहिरो आउन सक्ने सम्भावनाको सूचना जारी भएका क्षेत्रहरूमा रातिको समयमा सवारी चलाउन पाइने छैन ।

सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको मन्त्रालयको विपत् तथा द्वन्द्व व्यवस्थापन महाशाखाको बैठकले सो निर्णय गरेको मन्त्रालयका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । गोरखापत्रमा खबर छ  ।

प्रतिक्रिया दिनुहोस