वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, १० बैशाख २०७८, १७ : ३९
वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु

वीरगञ्ज । नारायणी अस्पताल वीरगञ्जमा उपचार गराइरहेका थप एकजना कोरोना संक्रमितको शुक्रबार मृत्यु भएको छ।

कोरोना संक्रमित भइ अस्तालमा उपचार गराइरहेका बाराको जितपुर सिमरा उपमहानगरपालिका–७ का ४० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिए। उनको अपराह्न साढे चार बजे मृत्यु भएको डा. दासले बताए।

संक्रमित पुरुषको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। गत वैशाख ६ गते अस्पतालमा उपचारको लागि भर्ना भएका ती पुरुषमा ८ गते आरटी पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो।