कोरोना अपडेट : थपिए २ हजार ४ सय ४९ जना संक्रमित, ५ जनाको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, १० बैशाख २०७८, १६ : ४५
कोरोना अपडेट : थपिए २ हजार ४ सय ४९ जना संक्रमित, ५ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४ सय ४९ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ९४ हजार ६ सय १ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार ४ सय १० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७६ हजार ७ सय ५५ पुगेको छ । हाल देशभर १४ हजार ७ सय २४ सक्रिय संक्रमित रहेका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १ सय २२ पुगेको छ।