काँग्रेसमा यस्तो छ गाँड कोराकोर , कसले कति खाए सार्वजनिक गरिदिने धम्की

शनिबार, १७ चैत्र २०७४, ०८ : ५२
काँग्रेसमा यस्तो छ गाँड कोराकोर , कसले कति खाए सार्वजनिक गरिदिने धम्की

काठमाडौँ : नेपाली काँग्रेस भित्र संस्थापन पक्षले पेलेको र आफूखुसी निर्णय गरेको भन्दै सभापति शेरबहादुर देउवाको उछित्तो काढिएको छ । पार्टीलाई विधिमा नचलाएको, ठेकेदार र पैसाको बलमा संगठनका हरेक गतिविधि अगाडि बढेको तथा कुनै राजनीतिक अडान तथा नैतिकता समेत नभएको भन्दै नेताहरुले सभापति देउवाको उछित्तो काढेका हुन् ।

उनीहरुले विगतमा हालको संस्थापन पक्षले उठाउँदै आएको विषय नै आज आफूहरुले उठाएको भएपनि नेतृत्वले कुनै पनि सुनवाई नगरेको भन्दै चरम रुपमा आपत्ति मात्रै जनाएका छैनन् । अझै पनि यस्तै हर्कत जारी रहे पार्टी नेतृत्व विरुद्ध अविश्वासको प्रस्ताव नै ल्याउने चेतावनी समेत दिएका छन् । उनीहरुले लोकतन्त्रवादी र प्रजातन्त्रवादीको नाममा राजनीतिक गर्ने दिन गएको भन्दै काँग्रेसका नेताहरुले देउवाका कारण काँग्रेस क्रमशः कमजोर बन्दै गएको समेत बताएका छन् । काँग्रेसलाई पुर्नजीवन दिने हो भने कम्तीमा पनि देउवाका प्रवृत्तिको अन्त्य हुनुपर्ने उनीहरुको माग छ । तर बाहिर जतिसुकै चर्का र अराजक कुरा गरेपनि आफूलाई यूवा भनाउने गगन थापा, प्रदीप पौडेल, बद्री पाण्डे जस्ता नेताहरुले भने प्रष्टसँग कुनै पनि कुरा राखेका छैनन् ।

आफूलाई पार्टी नेतृत्वको विकल्पका रुपमा रहेको दावी गर्ने उनीहरुले देउवाको अराजक र गैरराजनीतिक चिन्तन विरुद्ध प्रहार गर्न नसकेको भन्दै गुनासो बढेको छ । सार्वजनिक खपतका लागि चर्का कुरा गर्ने गगन थापा नेतृत्वको अगाडि पुच्छर लुकाएको समेत काँगेसका इमान्दार कार्यकर्ताको टिप्पणी छ । बाहिर जतिसुकै चर्का कुरा गरेपनि पार्टीको आधिकारिक निकायमा स्पष्ट धारणा राख्न नसक्नेलाई पानी मरुवा भनिन्छ भन्दै सामाजिक सञ्जालमा गगन थापालगायतको आलोचना गरिएको छ । काँग्रेसको सात वटै प्रदेशमा कही कतै पनि प्रभावकारी उपस्थिती छैन । केन्द्रदेखि स्थानीय सरकारसम्म काँग्रेस रक्षात्मक अवस्थामा पुगेको छ । काँग्रेस पूर्ण रुपमा समय सकिएको पार्टी हो भन्ने स्थापित पनि गएको छ । राजनीतिमा कुनै पनि अडान र नैतिकता नभएको पार्टीका रुपमा काँग्रेसलाई लिइने गरेर काँग्रेस नेताहरुकै टिप्पणी छ । काँग्रेस नेता शेखर कोइरालाले केन्द्रीय समितिमा पेश गरेको धारणामा नै सोही विषय समेटिएको छ ।

यस्तै काँग्रेसका अर्का सदस्य धनराज गुरुङले पनि देउवाले पार्टी सकेको आरोप लगाएका छन् । तर गगन थापाले पार्टी नेतृत्वको गलत रवैयाका सम्बन्धमा एक शब्द पनि बोलेका छैनन् । संसदमा दुनियाँलाई देखाउन चर्का कुरा गर्ने, भाषणमा चर्का कुरा गर्ने काँग्रेसका केही नेताका कारण पार्टी रसातलमा पुगेको भन्दै देउवा पक्षका केही नेताले समेत स्वयम् विरोध र काँड कोराकोरको अवस्थामा काँग्रेस पुगेको छ । संस्थापन इतरकाले देउवाको चर्को विरोध गरिरहँदा देउवा पक्षका भनिएका वा देउवा गुटको भनेर चिनिएका समेत रक्षात्मक हुन पुगेका छन् । बालकृष्ण खाँडले मात्रै सभापतिका कारण मात्रै चुनावमा पराजित नभएको भन्दै देउवाको बचाऊ गरेका छन् ।

यस्तै झिनो स्वरमा डा प्रकाशशरण महतले मात्रै देउवाको प्रतिरक्षा गरे । तर देउवा गुटका भनिएका गोपालमान श्रेष्ठ, एनपी साउद, रमेश लेखकले समेत पार्टी नेतृत्व गलत नियतका साथ चलेकोआरोप लगाए । देउवाको विपक्षमा चर्को मत प्रस्तुत भइरहँदा उनकै पक्षमा भनिएका विमलेन्द्र निधि समेत देउवाका विरुद्ध बोल्न उकासिरहेको भन्दै बालकृष्ण खाँडले देउवालाई उजुरी गरेको धनराज गुरुङले बैठकमा नै किस्सा सुनाएका थिए । यस्तै सस्थापनको नाम लिएर फरक विचारमा रहेको र अर्को गुटमा रहेका नेता तथा कार्यकर्तालाई सिध्याउने तवरले नै संस्थापन लागेको भन्दै उनीहरुले आलोचना समेत गरेका छन् । काँग्रेससँग संसदमा कुनै पनि राजनीतिक तथा आर्थिक र कुनै समसामयिक विषमया प्रस्ताव नै दर्ता गराउनु परेपनि त्यो दर्ता गराउने हैसियत समेत छैन ।

कुनै समान्य प्रस्ताव दर्ता गर्न मात्रै भएपनि काँग्रेस अब एक्लै नसक्ने भएको छ । भारतमा काँग्रेस आईले विपक्षी दलको मान्यता समेत नपाएको सन्दर्भमा नेपालमा पनि काँग्रेसको अवस्था झण्डै झण्डै एउटै हैसियतमा रहेको छ । काँग्रेस नेता शेखर कोइरालाले कहिले हसिया हथौडा त कहिले हलोमा भोट माग्दै हिड्ने काँग्रेसको स्वतन्त्र हैसियत के हो ? अर्काे चुनावमा काँग्रेसले कुन चुनाव चिन्हमा मत माग्छ । कि रुख नै चुवाव चिन्ह राख्छ वा राख्दैन भन्ने जस्तो गम्भीर प्रश्न उठाएका छन् । उनले काँग्रेसको नेतृत्वको कार्यशैलीलाई भडुवा र लोकतन्त्रवादी चरित्र र मान्यता विपरित रहेको भन्दै देउवाको चर्को विरोध मात्रै गरेका छैनन् । यस्तै तरिका हो भने नेपाली काँग्रेस भारतीय काँग्रेस आईको बाटोमा अग्रसर रहेको उनको भनाइ छ ।

पार्टी सभापतिको विरोध गरेको भन्दै डा प्रकाशशरण महतले भने बैठकमा नै तमासा देखाएका छन् । उनले सभापतिको विरोध गर्नेसँग आफू सिंगल सिंगल खेल्न तयार रहेको र अनावश्यक विरोध गर्ने छुट कोही कसैलाई नभएको बताएका छन् । उनले विगतमा आफुहरु अल्पमतमा हुँदा सस्थापनले कसरी पेलेको थियो त्यसको हिसाब किताब समेत आफूहरुसँग रहेको समेत बताएका थिए । विगतमा आफूहरुलाई गिरिजाप्रसाद कोइराला , सुशील कोइराला दुवैले पेलेको भन्दै उनले अहिले पार्टी सभापति विगतका भन्दा उदार र लोकतान्त्रिक भएको जिकिर गरे । उनले धनराज गुरुङलाई बढी जान्ने सुन्ने नहुन र संसद्को सार्वजनिक लेखा समितिमा बसेर चलाएको धन्दा सार्वजनिक गरिदिने धम्की उनले दिएका थिए ।

प्रतिक्रिया दिनुहोस