काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथको मन्दिरमा दर्शनार्थीलाई दर्शन गर्न रोक लगाएको छ ।कोषले आज सूचना जारी गर्दै शुक्रबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि पशुपति लगायतका मन्दिरमा दर्शन गर्न दर्शनार्थीलाई रोक लगाएको हो ।
वैशाख १० गतेबाट अर्को व्यवस्था नभएसम्मका लागि पशुपतिनाथको मन्दिर, गुह्येश्वरी मन्दिर लगायतका मन्दिरमा नित्य पूजा बाहेक अन्य क्रियाकलाप गर्न नपाउने कोषका कोषाध्यक्ष मिलनकुमार थापाले बताए ।
विश्वभर फैलिदै गइरहेको नयाँ भेरियन्ट सहितको कोभिड १९ को सङ्क्रमण नेपालमा समेत बढ्दै गएको सन्दर्भमा सो को रोकथाम तथा नियन्त्रणको लागि सक्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी सरकारले आदेश जारी गर्दै भोलिबाट अर्को व्यवस्था नभएसम्मको लागि भक्तजनको लागि मन्दिर बन्द गरिएको कोषले जनाएको छ ।कोषले यसबाट भक्तजनहरु लाई पर्न जाने असुविधा प्रति क्षमा मागेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०९ बैशाख २०७८, १७ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२१ वर्षपछि पशुपतिनाथको सम्पत्ति फिर्ता, नौ बुँदे सम्झौता खारेज
साउनको अन्तिम सोमबार : पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो
आज साउनको तेस्रो सोमबार, पशुपतिनाथ लगायत देशभरका शिवालयमा भक्तजनहरूको घुइँचो
आज साउनको पहिलो सोमबार, पशुपतिनाथ मन्दिरमा भक्तजनको घुइँचो
पशुपतिनाथमा भक्तजनको बिहानैदेखि घुइँचो
पशुपतिनाथ मन्दिरका चारवटै ढोका खुला