आज साउनको तेस्रो सोमबार, पशुपतिनाथ लगायत देशभरका शिवालयमा भक्तजनहरूको घुइँचो

सफल खबर संवाददाता

सोमबार, २१ साउन २०८१, ०८ : १७
आज साउनको तेस्रो सोमबार, पशुपतिनाथ लगायत देशभरका शिवालयमा भक्तजनहरूको घुइँचो

काठमाडौँ । आज साउन महिनाको तेस्रो सोमबार । बिहानैदेखि पशुपतिनाथ लगायत देशभरका शिवालयहरूमा भक्तजनको भीड लागेको छ । 

साउन महिना भगवान् शिवको महिना र सोमबार भगवान् शिवजीको प्रिय बार भएकाले व्रत बस्ने परम्परा छ । यस दिन विशेष रूपमा आशुतोष भगवान् शिवको पूजा, आराधना गरिन्छ ।

आज बिहानैदेखि पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवालयमा पूजाअर्चना गर्न भक्तजनहरूको घुइँचो लागेको छ । साउन महिना भगवान् शिवको महिना र सोमबार भगवान् शिवजीको बार मानिने भएकाले आज शिवालयमा व्रतालु तथा श्रद्धालुको भीड लागेको हो ।

यस दिन विशेषरुपमा आशुतोष भगवान् शिवको पूजा, आराधना गरिन्छ । यस दिन विशेषरुपमा आशुतोष भगवान् शिवको पूजा, आराधना गरिन्छ । 

नेपालमा सौरमास अनुसारका सोमबार नै व्रत गर्ने परम्परा छ । पशुपतिनाथ मन्दिरमा भने चान्द्रमास र सौरमास दुवै अनुसारका साउनको सोमबारका दिनमा भक्तजनको भीड लाग्छ ।

आजको दिनमा महिलाहरूले विशेष गरी हरियो रङका वस्त्र, चुरा र मेहन्दी लगाएर भगवान् शिवको पूजा तथा आराधना गरी व्रत बस्ने चलन रहँदै आएको छ । उक्त कार्य गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ ।