काठमाडौ । साउनको पहिलो सोमबार आज काठमडौँको पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।
झरीको पर्वाह नगरी राति नैदेखि श्रद्धालु भक्तजन पशुपतिनाथको दर्शन गर्न गएका हुन्।
आज साउनको पहिलो सोमबार भएकाले देशैभरीका शिव मन्दिरहरुमा भक्तजनको घुइँचो लागेको छ।
साउनको सोमबार पारेर भगवान् शिवको दर्शन गरेमा मनोकामना पूरा हुने विश्वास गरिन्छ। यस अवसरमा विशेष गरी महिला भक्तजनको शिवालयहरुमा भीड लाग्ने गर्छ।
साउनको सोमबार व्रत बसी भगवान् शिवको पूजा आराधना गर्ने प्रचलन छ।
साउनको सोमबार व्रत बसी भगवान् शिवको पूजा, आराधना गरेमा विवाहित महिलाले अटल सौभाग्य प्राप्त गर्ने र अविवाहित महिलाले सुयोग्य वर पाउने धार्मिक विश्वास छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ साउन २०८१, ०८ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२१ वर्षपछि पशुपतिनाथको सम्पत्ति फिर्ता, नौ बुँदे सम्झौता खारेज
साउनको अन्तिम सोमबार : पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो
आज साउनको तेस्रो सोमबार, पशुपतिनाथ लगायत देशभरका शिवालयमा भक्तजनहरूको घुइँचो
पशुपतिनाथमा भक्तजनको बिहानैदेखि घुइँचो
पशुपतिनाथ मन्दिरका चारवटै ढोका खुला
पशुपतिनाथको चारै ढोका खुला गरिने