पशुपतिनाथ मन्दिरका चारवटै ढोका खुला

सफल खबर संवाददाता

शनिबार, ०१ असार २०८१, ०८ : १२
पशुपतिनाथ मन्दिरका चारवटै ढोका खुला

काठमाडौं । पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोलिएका छन् ।

पशुपतिनाथ मन्दिरमा दशनार्थीको सङ्ख्या बढेपछि आजदेखि चारवटै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।

'यसअघि पशुपतिनाथ मन्दिरमा भट्टहरू प्रवेश गरेपछि बिहान ८:३० बजेपछि मात्रै बाँकी तीन वटा ढोका खोलिने गरिएकामा आजदेखि चारवटै ढोका बिहान ४ बजे नै खोलिने भएको हो ।'

चारवटै ढोका खोलिएपछि अहिले भगवान पशुपतिनाथको दर्शनका लागि भक्तजनहरूको कोरक्षेत्रमा लाइन बढेको र दर्शन गर्न पनि सहज भएको प्रवक्ता अधिकारीको भनाइ छ ।

अहिलेसम्म पशुपतिनाथको पश्चिमतर्फको ढोका बिहान ४ बजेदेखि खुला हुने र उत्तर, पूर्व र दक्षिणका ढोका बिहान ९:३० बजेदेखि ११:३० सम्म खुला गरिँदै आएको थियो ।