काठमाडौं : संघीय संसदमा अघिल्लो व्यवस्थापिका-संसदका भन्दा बढी समिति बन्ने भएका छन् । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ । प्रतिनिधिसभामा १० र राष्ट्रिय सभामा ४ गरी विषयगत समिति मात्रै १४ वटा बनाउने प्रक्रिया अघि बढाइएको छ ।
यसका लागि दुवै सभाका नियमावली मस्यौदा समितिले छलफल अघि बढाएका छन् । प्रतिनिधिसभामा १० वटा विषयगत समिति बनाउने सहमति भएको मस्यौदा समिति सभापति कृष्णभक्त पोखरेलले बताए ।
उनले भने,
-१० वटा विषयगत समिति बनाउने सहमति भएको छ।
-नामबारे मोटामोटी सहमति भइसके पनि अर्को बैठकमा टुंगो लाग्नेछ।
संघीय संसद् सचिवालयले तयार पारेको नियमावलीको मस्यौदामा भने सातवटा विषयगत समिति रहने खाका तयार भएको थियो । आइतबार बस्ने समिति बैठकले प्रतिनिधिसभामा कुन-कुन संसदीय समिति रहने भन्ने टुंगो लाग्ने समिति सदस्य एवं माओवादी केन्द्रकी नेतृ रेखा शर्माले बताइन् ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, १७ चैत्र २०७४, ०६ : ४५
लेखकबाट थप