काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले दुई सिफ्टमा भए पनि विद्यालय सञ्चालन गर्नुपर्नेमा जोड दिएको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै शिक्षा मन्त्रालयले दुई सिफ्टमा विद्यालय चलाउन सकिने सुझाव दिएको हो ।
‘विद्यालयमा स्वास्थ्य मापदण्डका सबै उपायहरु अपनाएर दुई सिफ्टमा विद्यालय चलाउनुपर्छ’ शिक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
स्यानिटाइजर, मास्क र साबुन पानीको प्रयोग अनिवार्य गर्न र धेरै विद्यार्थी भएको विद्यालयले विद्यार्थी बाँडेर सिफ्टमा विद्यालय चलाउन आग्रह गरेकोे हो । यद्यपि तत्कालै विद्यालय बन्द गर्न नहुने निष्कर्षसमेत मन्त्रालयले निकालेको छ । विद्यालयमा हुने भीडभाडका कार्यक्रमहरु जस्तो विद्यालयको वार्षिकोत्सव, अभिभवक भेला तथा सभा सम्मेलन तथा सांस्कृतिक कार्यक्रमहरु नगर्न विज्ञप्तिमा आग्रह गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ बैशाख २०७८, १४ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिक्षक र शिक्षा मन्त्रालयबिच आज पनि छलफल हुँदै
उच्च शिक्षा मापदण्ड ऐन बनाउँदै शिक्षा मन्त्रालय
शिक्षा मन्त्रालयद्वारा १५ लाख विद्यार्थीलाई ७ अर्बको छात्रवृत्ति प्रदान
अमेरिकामा शिक्षा मन्त्रालयका कयौँ कर्मचारीलाई अवकाश
शिक्षा मन्त्रालयले पुस्तक नीति २०८१ माथि सुझाव माग्दै
कन्सल्टेन्सीको नवीकरण खुला गर्ने शिक्षा मन्त्रालयको निर्णय