पोखरा । आफूविरुद्ध अविश्वासको प्रस्ताव आउने भएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले चालु अधिवेशन नै अन्त्य गरिदिएका छन् । त्यो पनि मध्यरातमा मुख्यमन्त्री गुरुङले सबैलाई झुक्याएर यस्तो हर्कत गरिदिए ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले बुधबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेका हुन् । अविश्वासको प्रस्ताव आउने भएपछि मुख्यमन्त्री गुरूङले अधिवेशन अन्त्यको सिफारिसको हर्कत गरेका हुन् ।
अधिवेशन अन्त्य नगरेको भए आज बिहीबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने पक्का थियो । माओवादी केन्द्र, कांग्रेसको अगुवाईमा राष्ट्रिय जनमोर्चाले समेत मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङकोे नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गरेको थियो ।
अधिवेशन अन्त्य भएको सूचना प्रदेश सभा सचिवालयमा पुगिसकेको छ । आज साढे १० बजे अधिवेशन अन्त्य सम्बन्धी सूचना संसदमा आइपुगेको हो । चालु अधिवेशन अन्त्य भए पनि बजेट अधिवेशन नजिकै भएकाले मुख्यमन्त्री गुरुङले लामो समय अधिवेशन अन्त्य गर्न
सक्दैनन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ बैशाख २०७८, ११ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यो सरकारले ६ महिनाभित्र देखिने गरी यही काम गर्यो भन्ने छैन : सञ्चारमन्त्री गुरुङ
राष्ट्रिय एकता बलियो बनाउन सामाजिक सञ्जाल विधेयक : सञ्चारमन्त्री गुरुङ
राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउँछौ : सञ्चारमन्त्री गुरुङ
जनतालाई अनुभूत हुनेगरी विकास-निर्माणका काममा सरकार क्रियाशील छ : सञ्चारमन्त्री गुरुङ
प्रमुख दलहरुको सहमतिमा संविधान संशोधन हुन्छ : मन्त्री गुरुङ
आइटी उद्योगमार्फत रोजगार सिजर्ना गर्न सकिन्छः सञ्चारमन्त्री गुरुङ