दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा नयाँ विकल्प प्रस्तुत गर्ने प्रयत्नमा कांग्रेस रहेको बताएका छन् । गृह जिल्ला तनहुँको दमौलीमा आज पत्रकारसँग कुरा गर्दै वरिष्ठ नेता पौडेलले वर्तमान सरकारले जनभावनाअनुसार काम गर्न नसकेकाले कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनको पहल थालिएको बताए।
शुक्रबार मात्रै नेपाली कांग्रेसको नेतृत्वमा तीन दलबीच भएको छलफल सकारात्मक दिशामा अगाडि बढेको वरिष्ठ नेता पौडेलले जानकारी दिए । जनता समाजवादी पार्टी ९जसपा०को नेतृत्वमा सरकार बनाउन कांग्रेस तयार छरु भन्ने प्रश्नमा वरिष्ठ नेता पौडेलले त्यस विषयमा आफूले अहिल्यै नबोल्ने बताए।
नेकपा पार्टी एक हुँदा विगतमा केन्द्र र दुई वटा प्रदेश सरकारमा अविश्वास प्रस्ताव आउँदा कांग्रेसले उक्त मौका गुमाएको बताउँदै पौडेलले भने, ‘कांग्रेसले त्यो बेला ठूलो मौका गुमायो, अब आउने मौका पनि गुमाउने हो भने टाउकामा हात राखेर बस्नुको विकल्प हुँदैन।’
वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसकै केही नेताले चुनाव भनिरहेका सन्दर्भमा जनतालाई भोटकै लागि मात्र प्रयोग गर्न नहुने धारणा राखे।
‘जनताले भोट हालेपछि त्यसको परिणाम निस्कनुपर्छ, त्यसले उपलब्धि प्राप्त गर्नुपर्छ,’ नेता पौडेलले भने, ‘केबल जनता भोट मात्रै हालिराख्ने मेसिन हुन् ?’
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, २८ चैत्र २०७७, १४ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फागुन मसान्तभित्र कार्ययोजना पेश गर्न विभागलाई कांग्रेसको निर्देशन
कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा श्रेष्ठ नियुक्त
काँग्रेसले तीन नेतालाई तोक्यो सात प्रदेशको जिम्मेवारी
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै
भ्रातृ संगठनको अधिवेशन गर्न कांग्रेसद्वारा परिमार्जित विधान पारित
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान