जसपा र माओवादी केन्द्रलाई देउवाको प्रस्ताव : कांग्रेसको नेतृत्वमा सरकार बनाऔँ

सफल खबर संवाददाता

शुक्रबार, २७ चैत्र २०७७, १७ : ३८
जसपा र माओवादी केन्द्रलाई देउवाको प्रस्ताव : कांग्रेसको नेतृत्वमा सरकार बनाऔँ

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा) र नेकपा माओवादी केन्द्रलाई कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउन प्रस्ताव गरेका छन् । 

बूढानीलकण्ठस्थित आफ्नै निवासमा बसेको बैठकमा देउवाले पार्टी केन्द्रीय कार्यसमितिको निर्णयअनुसार माओवादी केन्द्र र जसपासँग मिलेर आफ्नै नेतृत्वमा सरकार गठन गर्ने प्रस्ताव राखेका थिए । 

कांग्रेसले आफ्नो पार्टीको नेतत्वमा सरकार बनाउने प्रस्ताव राखेपछि  माओवादी केन्द्र त्यसमा सहमत भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले आज राखेको तीन दलको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसको नेतृत्वमा सरकार बनाउन सहर्ष स्वीकारेका थिए ।

स्रोतका अनुसार छलफलमा प्रचण्डले भने, ‘हामी कांग्रेसको नेतृत्वमा सरकार बनाउन तयार छौँ, अर्को सरकार बन्ने आधार तय हुनसाथ सरकारलाई दिएको समर्थन फिर्ता लिनेछौँ ।’ जसपाले यसबारे छलफल गर्न समय मागेको छ ।  

बैठकमा जसपा नेताहरुले नयाँ सरकारको औपचारिक प्रस्ताव आएकाले पार्टीमा छलफल गर्ने बताएका छन् । यसबारे छिट्टै निर्णय गर्ने उनीहरुको भनाइ छ । जसपाका नेताहरुले मुद्दा फिर्ता, बन्दीहरुको रिहाई लगायतका मुद्दा पनि यथावत् छ । 
 

प्रतिक्रिया दिनुहोस