ललितपुरको सडकमा चितुवाको छाला भेटियो

सफल खबर संवाददाता

विहीबार, २६ चैत्र २०७७, १२ : ०४
ललितपुरको सडकमा चितुवाको छाला भेटियो

काठमाडौं । ललितपुरको कुसुन्तीमा बेवारिसे अवस्थामा चितुवाको छाला फेला परेको छ । ललितपुर महानगरपालिका–१३ मा जेब्रा झोलामा प्याक गरेर छोडेको अवस्थामा चितुवाको छाला भेटिएको महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी  किरण बज्राचार्यले बताइन् ।

चितुवा शिकार गर्ने समूहले छाला झोलामा छाडेर भागेको सुराक पाएपछि महानगरीय प्रहरी वृत सातदोबाटोबाट खटिएको टोलीले सो सामान बरामद गरेको हो । प्रहरीले बरामद गरेको छाला डिभिजन वन कार्यालय गोदावरीमा बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस