काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिमले पार्टी संगठन विस्तार र निर्माणलाई तीव्रता दिने निर्णय गरेको छ । २७ र २८ पुसमा बसेको रास्वपा सुदूरपश्चिमको बैठकले पार्टीलाई वडा र स्थानीय तहका अधिवेशन केन्द्रित गरेर संगठन निर्माणमा तीव्रताका साथ अघि बढ्ने निर्णय गरेको प्रदेश महामन्त्री तथा प्रवक्ता सन्तोषराज जोशीले जानकारी दिए ।
जोशीले पार्टीको महाधिवेशनलाई समयमै सम्पन्न गर्न पालिका र वडा समितिहरू गठनमा तीव्रता दिने, वडा अधिवेशनलाई प्राथमिकताका साथ सम्पन्न गर्ने निर्णय गरिएको बताए ।
उनका अनुसार बैठकले संगठन सुदृढीकरणका लागि तहगत संरचना बलियो बनाउने, गठित समितिहरूलाई प्रभावकारी बनाउने र पार्टीका सिद्धान्त र मूल्यमा आधारित प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय समेत गरिएको छ ।
सामाजिक सेवामा आधारित संगठन निर्माण अभियानलाई तीव्रता दिने, संगठनका कमी कमजोरीहरूको समीक्षा गर्दै नयाँ रणनीतिसहित अगाडि बढ्ने विषयमा पनि सहमति भएको जोशीले बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टी सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष इन्जिनियर प्रकाश विष्टको सभापतित्वमा सम्पन्न भएको बैठकमा केन्द्रिय विभाग, प्रदेश विभाग र पालिका सभापति समेत सहभागी थिए ।
बैठकमा पार्टी संगठन विस्तार अभियानअन्तर्गत प्रदेशका नौ वटै जिल्लाका भेला समीक्षा गर्दै जिल्ला सभापतिले प्रतिवेदन समेत प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ पुस २०८१, १३ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाद्वारा सुदूरपश्चिमका ९ जिल्लामा सभापति चयन
झापामा रास्वपा कार्यकर्ता प्रहरी नियन्त्रणमा
अहिलेका मुख्य राजनीतिक दलले देश बिगारे : प्रमुख सचेतक परियार
उपनिर्वाचन हुने यी २६ स्थानमा रास्वपाले दियो उम्मेदवारी
८ मंसिरदेखि रास्वपाले दोस्रो चरणको आन्दोलन सुरु गर्ने
रास्वपाले ५ बजेपछि ४२ वटै पदका उम्मेदवारको नामावली सार्वजनिक गर्ने