नेप्सेले तोड्यो रेकर्ड , कारोबार रकम ९ अर्ब माथि

सफल खबर संवाददाता

आइतबार, २२ चैत्र २०७७, १५ : ५३
नेप्सेले तोड्यो रेकर्ड , कारोबार रकम ९ अर्ब माथि

काठमाडौं । नेप्से परिसूचक कारोबारको पहिलो दिन २५.७१ अंकले वृद्धि भएको छ । आज भएको कारोबारमा नेप्से परिसूचक २६५७.६१ विन्दुमा रोकिएको छ । आज भएको कारोबार अहिलेसम्म कै उच्च विन्दु हो ।  यो भन्दा अघि गत फागुन ९ गते नेप्से परिसूचकले २ हजार ६४० दशमलव ३४ विन्दुमा कायम गरेको थियो ।

आज १ करोड ८१ लाख ७३ हजार ३७८ कित्ताको कारोबारमा ९ अर्ब ६८ लाख ५८ लाख ५५८ रुपैयाँ बराबरको कारोबार भएको छ ।आज भएको कारोबारमा सबैभन्दा धेरै नेपाल इन्फ्रास्ट्रकचर बैंकको ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यसैगरी अपर तामाकोशीको शेयर कारोबार २८ करोड मूल्य बराबरको कारोबार भएको छ ।

यसैगरी नेपाल पुर्नबीमा कम्पनीको शेयर कारोबार २६ करोड रुपैयाँको भएको छ । आज वोमी माइक्रोफाइनान्सलगायत पाँच वटा कम्पनीको शेयरमा सकारात्मक सर्किट ब्रेक लागेको थियो ।आज व्यापार समूूह, होटल तथा टुरिजम, म्यूचल फण्ड तथा इन्भेष्टमेण्ट समूह बाहेक सबै उप समूह हरियो देखिएको छ ।

प्रतिक्रिया दिनुहोस