बेइजिङ । चीनको पूर्वी क्षेत्रमा यात्रुबाहक बस र ठक्कर एकआपसमा जुधेर भएको दुर्घटनामा कम्तीमा ११ जनाको मृत्यु भएको छ । आइतबार बिहान चीको जियाङ्सु प्रान्तमा भएको उक्त दुर्घटनामा अरु १९ जना घाइते भएका छन् ।
उक्त दुर्घटना शेनयाङ–हाइकाओ राजमार्गमा भएको प्रहरीले जनाएको छ । तिब्र गतिमा रहेको ट्रक अनियन्त्रित भई सडकको बीचको बार भत्काएर अर्कोतर्फबाट आइरहेको बसमा ठोक्किएको थियो ।
घाइतेहरुलाई नजिकका अस्पतालहरुमा भर्ना गरिएको छ । प्रारम्भिक अनुसन्धानमा यात्रुवाहक बस शाङ्घाईबाट गुयानयुन काउन्टीतर्फ गइरहेको थियो ।चीनमा यतिखेर मानिसहरु छुट्टी मनाउन घरगाउँतर्फ जाने गरेका छन् । (रासस–सिन्ह्वा)
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २२ चैत्र २०७७, १३ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतमा गत वर्ष सडक दुर्घटनाबाट एक लाख ८० हजार जनाको मृत्यु
सडक दुर्घटना : कर्णालीमा एक सय १२ जनाको मृत्यु
अफगानिस्तानमा सडक दुर्घटना, ६ जनाको मृत्यु
फिलिपिन्समा सडक दुर्घटना हुँदा ११ जनाको मृत्यु
पाकिस्तान नियन्त्रित काश्मिरमा सडक दुर्घटनामा १३ जनाको मृत्यु
मोटरसाइकल दुघर्टनामा परे चेक गणतन्त्रका राष्ट्रपति