नेप्से परिसूचक ४३  अंकले उकालो लाग्दै

सफल खबर संवाददाता

बुधबार, १८ चैत्र २०७७, १६ : ५१
नेप्से परिसूचक ४३  अंकले उकालो लाग्दै

काठमाडौं । बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ४३ दशमलव ३६ अंकले उकालो लागेको छ । योसँगै नेप्से परिसूचक पुनः २६ सय माथि पुगेको छ । फागुन महिनामा २६ सय माथि पुगेको नेप्से परिसूचक त्यसपछि भने ओरालो लाग्ने क्रम शुरु भएको थियो ।

बुधबार समग्रमा नेप्से परिसूचक ४३ अंकले बढे पनि व्यापार समूहका लगानीकर्ताहरुले भने गुमाए । व्यापार बाहेकका सबै समूहहरुको सब इन्डेक्स भने हरियाली देखिएको छ ।

कारोबार रकम पनि ६ अर्ब १६ करोड रुपैयाँ भन्दा माथि पुगेको छ । समग्रमा बजार उकालो लागे पनि धेरै कम्पनीका लगानीकर्ताहरुले गुमाएका छन् ।धेरै गुमाउनेहरुको पहिलो नम्बरमा साल्ट ट्रेडिङ कर्पोरेसन पहिलो नम्बरमा देखिएको छ । यसको सेयर मूल्य प्रतिकित्ता ४८९ रुपैयाँले घटेर १२ हजार ११ रुपैयाँमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस