महोत्तरी । होली फागु पर्वको रमाइलो सकेका किसान खेतबारीमा बाली सुक्दै गएको देखेर चिन्तित भएका छन् । चाडपर्वको रमझम सकेर खेतीपाती हेर्न थालेका जिल्लाका तरकारी खेती गर्ने किसान तरकारीका बोट सुक्दै गएको देखेर समस्यामा परेका हुन् । लामो समयसम्म पानी नपरेर सिँचाइका अन्य विकल्प नपाइएपछि धमाधम बोटमै तरकारी सुक्न थालेकाले किसानमा चिन्ता बढाएको हो ।
“खेतबारीमा भाण्टा, परवल, घिरौँला, झिमनी, करेला, फर्सी र लौकासहितका तरकारीका बिरुवा पानीबेगर सुकिरहेका छन्”, जिल्लाको भङ्गाहा नगरपालिका–४ का तरकारी किसान चन्देश्वर राय दनुवारले भने , “पानी पर्दैन, इनार धमाधम सुके।, अब के गरौ ?” उनले भने , “बारीमा लहलह बढ्नुपर्ने तरकारीका बिरुवा सुक्दै गएपछि घरगुजारा केले टार्ने होला ?” लामो खडेरीले तरकारी बाली बोटमै सुक्न थालेपछि किसानको पिरोलो बढेको हो ।
यसपालि सिङ्गो हिउँद पानी नपरी बित्यो । चैतमध्ये सकिँदासम्म पानी नपर्दा वैशाखे तरकारीका बोट र लहरा सुक्दै गएका छन् । यो वर्ष तरकारी खेतीका लागि एकपछि अर्को प्रतिकूलताले मन भाँचेको किसानको ठम्याइ छ । “नयाँ वर्ष लागेसँगै लकडाउनको मार प¥यो, फलेका तरकारी बजार लान नपाएर बोटमै बुढियो”, सोही बस्तीका अर्का किसान गङ्गाराम महतोले दिक्दारिँदै भने , “अघिल्लो बाली बोटमै बुढियो, अहिले वैशाखी गृष्मकालीन तरकारी बाली पानीबेगर सुक्न थाल्यो ।”
जिल्लाको उत्तरवर्ती क्षेत्रका भङ्गाहा, बर्दिवास, औरही र गौशाला नगरपालिका क्षेत्र तरकारी बालीका लागि उर्बर ठाउँ मानिन्छन् । मुख्य बाली नै तरकारीलाई बनाएका किसान पानीको उपाय नहुँदा अहिले बिरक्तिएका हुन् । “
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, १७ चैत्र २०७७, १२ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतीय माछाका कारण नेपाली माछाले बजार नपाउँदा किसान चिन्तित