सुनको मुल्यमा गिरावट, कति पुग्यो तोलामा

सफल खबर संवाददाता

मंगलबार, १७ चैत्र २०७७, १० : ५३
सुनको मुल्यमा गिरावट, कति पुग्यो तोलामा

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ८६ हजार ५सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार घटेर तोलामा ८६ हजार रुपैयाँमा कारोबार भएको हो । 

यस्तै तेजावी सुन तोलामा ८५ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको छ । 

यसैबीच मंगलबार चाँदीको मूल्य पनि घटेको छ । सोमबार तोलामा १२ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार घटेर तोलामा १२ सय १५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस