शिक्षा मन्त्रालयले देशभर फैलिएको तुँवालोको कारण स्वास्थ्यलाई प्रतिकूल असर पार्न सक्ने जोखिमलाई दृष्टिगत गर्दै देशभरका विद्यालय ४ दिन बन्द गर्ने निर्णय गरेपनि केही स्थानीय तहले त्यसलाई अस्वीकार गरेका छन् ।
मन्त्रालयले मंगलबारदेखि शुक्रबारसम्मका लागि सबै शिक्षण संस्था बिदा दिने निर्णय गरेको छ । तर विभिन्न स्थानीय तहले भने निर्णय नमान्ने सूचना निकालेका हुन् ।
तनहुँको भीमाद नगरपालिकाले शिक्षण संस्था नियमित सञ्चालन गर्ने जनाएको छ । यस्तै इलामको रोङ गाउँपालिका, इलाम नगरपालिका र विराटनगर महानगरपालिकाले पनि विद्यालय खुला राख्ने सूचना निकालेका छन् ।
आफूहरुको स्थानीय तहमा हालसम्म वातावरणीय असहज अवस्था नरहेको हुँदा विद्यालय नियमित रुपमा सञ्चालन गर्न खोजिएको सूचनामा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, १७ चैत्र २०७७, ०७ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिक्षक र शिक्षा मन्त्रालयबिच आज पनि छलफल हुँदै
उच्च शिक्षा मापदण्ड ऐन बनाउँदै शिक्षा मन्त्रालय
शिक्षा मन्त्रालयद्वारा १५ लाख विद्यार्थीलाई ७ अर्बको छात्रवृत्ति प्रदान
अमेरिकामा शिक्षा मन्त्रालयका कयौँ कर्मचारीलाई अवकाश
शिक्षा मन्त्रालयले पुस्तक नीति २०८१ माथि सुझाव माग्दै
कन्सल्टेन्सीको नवीकरण खुला गर्ने शिक्षा मन्त्रालयको निर्णय