कोरोना अपडेट : थपिए १ सय ४१ जना कोरोना संक्रमित, ८२ जना संक्रमणमुक्त

सफल खबर संवाददाता

सोमबार, १६ चैत्र २०७७, १५ : ५७
कोरोना अपडेट : थपिए १ सय ४१ जना कोरोना संक्रमित, ८२ जना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ९ सय ८० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १ हजार ३ सय ४१ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप ८२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ७२ हजार ६ सय १२ पुगेको छ । 

यस्तै सोमबार कुनै पनि कोरोना संक्रमितको निधन नभएको  मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार २७ रहेको छ ।