प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच भेटवार्ता

सफल खबर संवाददाता

आइतबार, १५ चैत्र २०७७, १६ : ५७
प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ ।आइतबार प्रधानमन्त्रीलाई भेट्न सभामुख सापकोटा बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेका थिए ।

त्यस क्रममा संसदमा विचाराधीन विधेयक अघि बढाउने र संसद सञ्चालनको विषयमा छलफल भएको सभामुखका सञ्चारविज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।

केही दिनअघि पत्रकारहरुसँग कुरा गर्दै सभामुख सापकोटाले आफूले प्रधानमन्त्रीसँग भेट्न समय मागेको बताएका थिए ।