कोरोना अपडेट : थपिए ८९ जना कोरोना संक्रमित, ९५ जना संक्रमणमुक्त

सफल खबर संवाददाता

आइतबार, १५ चैत्र २०७७, १६ : ३१
कोरोना अपडेट : थपिए ८९ जना कोरोना संक्रमित, ९५ जना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ८ सय ३९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १ हजार २ सय ८२ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप ९५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ७२ हजार ५ सय ३०  पुगेको छ । 

यस्तै आइतबार कुनै पनि कोरोना संक्रमितको निधन नभएको  मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार २७ रहेको छ ।