आर्मी क्लब र किर्गिस्तानको खेल निःशुल्क हेर्न पाइने

सफल खबर संवाददाता

आइतबार, १५ चैत्र २०७७, ०९ : ३३
आर्मी क्लब र किर्गिस्तानको खेल निःशुल्क हेर्न पाइने

काठमाडौँ । त्रिभुवन आर्मी क्लब र किर्गिस्तानबीच आज दशरथ रङ्गशालामा मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । उक्त खेल दर्शकले निःशुल्क रुपमा हेर्न पाइनेछ ।

त्रिभुवन आर्मीका जर्जप्रीन्स कार्कीको कप्तानीमा दिउँसो ३ः३० बजे हुने उक्त खेल रङ्गशाला पुग्ने जोसुकैले निःशुल्क हेर्न सक्ने व्यवस्था मिलाइएको सेनाले जानकारी दिएको छ । 

एएफसी कप २०२१ प्ले अफको तयारीमा जुटेको नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र किर्गिस्तानको यू–२३ टीमबीच मैत्रीपूर्ण फुटबल खेल हुन लागेको हो ।


 
 

प्रतिक्रिया दिनुहोस