किम जोङ-उन सुटुक्क बेइजिङ !

एजेन्सी

बुधबार, १४ चैत्र २०७४, ०७ : ४६
किम जोङ-उन सुटुक्क बेइजिङ !

बेइजिङ भ्रमणमा गएको उत्तर कोरियाली उच्च प्रतिनिधिमण्डलमा सर्वोच्च नेता किम जोङ उन पनि रहेको हुनसक्ने अनुमान गरिएको छ ।

नाटकीय ढंगले बेइजिङ पुगेको उत्तर कोरियाली प्रतिनिधिमण्डल चढेको विशेष प्रकारको रेलले उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनलाई पनि बेईजिङ पुर्याईएको विश्वभरका विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।

दक्षिण कोरियाली कन्जरभेटिम इल्बोे पत्रिकाले एक उच्च गुप्चरको नाम उल्लेख नगरी उधृत गरेअनुसार बेइजिङ पुगेको उत्तर कोरियाली प्रतिनिधिमण्डलमा किम पनि सहभागी रहेको र हाल उनी उत्तर कोरिया फर्किसकेको जनाएको छ ।

वामपन्थी निकट दक्षिण कोरियाली पत्रिका 'हान्कयोरेह'ले पनि उत्तर कोरियाली नेता किम चिनियाँ राष्ट्रपति सी जिनपिङसँग बैठक गर्न सोमबार दिउँसो बेईजिङ पुगेको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस