आज दिनभरको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

शनिबार, १४ चैत्र २०७७, ०८ : ४३
आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबारपहाडी क्षेत्रमा  आंशिक बदली भइ अरु क्षेत्रको मौसम सफा रहने जनाएको छ । स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभावका कारण पहाडी क्षेत्रमो मौसम केही प्रभावित हुने देखिएको हो ।

अहिले पहाडी भू–भागहरुमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ । दिउँसो पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् । 

प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित फाटफुट र हल्का वर्षाको सम्भावना रहेको पनि मौसमविदले औंल्याएका छन् । यस्तै राति पनि पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने छ । 

प्रतिक्रिया दिनुहोस